Comments Add Comment

‘अन्तरदृष्टि नेपाल’का बालबालिकालाई दीपाको दशैं उपहार

कपनको वालुवाखानी वडा नम्बर १३ मा अवस्थित अन्तरदृष्टि नेपालमा रहेका बालबालिकाका लागि कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आर्थिक तथा खाद्यान्न र लत्ता कपडा सहयोग गरेकी छिन् ।

कलाकार दीपकराज गिरीको साथमा पुगेकी दीपाले यो संस्थामा रहेका १२ जना बालबालिकालाई दशैंको उपहार स्वरुप लत्ता कपडा, खाद्यान्न र आर्थिक सहयोग गरिन् ।

कालिकोटकी दृष्टिविहिन नन्दा सिंहले यो संस्था संचालन गर्दै आएकी छिन् । नन्दाले आफूलाई बालबालिकालाई खाना के खुवाउने भन्ने कुरामा खासै समस्या नभएपनि घर भाडा तिर्ने समयमा भने निकै नै समस्या परेको बताएकी थिइन् ।

दीपाले नन्दालाई आफूहरु साथमा रहेको भन्दै एक बर्षको घर भाडा आफूले तिर्ने बताइन् । दीपाको कुरा सुनेपछि नन्दाले अब आफूलाई घर भाडाको समस्या नहुने भन्दै खुशी व्यक्त गरिन् ।

बालबालिकासँग केही समय रमाएकी दीपाले भनिन्–‘दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने चाहना बालबालिकामा अझै धेरै हुन्छ । यो संस्थाको बिषयमा थाहा भएपछि म यहाँ आएकी हुँ । बालबालिकाहरुका लागि मेरो सहयोग जारी रहनेछ ।’

कालिकोटमा विभिन्न समस्यामा परेका १२ जना बालबालिकालाई नन्दाले काठमाण्डौ ल्याएर अन्र्तदृष्टि नेपालको संरक्षणमा राखेकी हुन् ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment