+
+
Shares

अस्पतालले भन्यो- दीपाश्रीको स्वास्थ्य स्थिर, शल्यक्रियापछि समस्या छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण न्यूरो अस्पतालले अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको सोमबार जानकारी दिएको छ ।
  • मस्तिष्कको ट्युमर सफल शल्यक्रियापछि दीपाश्रीको अवस्था सामान्य रहेको र उहाँलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
  • गत २३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वमा रहेको टोलीले अभिनेत्री निरौलाको मस्तिष्कको ट्युमर शल्यक्रियामार्फत पूर्णरूपमा हटाएको थियो ।

काठमाडौं । अन्नपूर्ण न्यूरो अस्पतालले अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै केही दिन अस्पतालमा राखेर विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा आवश्यक उपचार प्रदान गरिने जनाएको छ ।

दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर पूर्णरुपमा निकालिएको जनाउँदै अस्पतालले शल्यक्रियापछि कुनै किसिमको समस्या नदेखिएको जनाएको छ । ट्युमरको किसिम र पछि थप गर्नुपर्ने उपचारको सम्बन्धमा परिवारलाई अवगत गराउने जनाएको छ ।

स्वदेशकै स्वास्थ्य सेवाप्रति विश्वास व्यक्त गरेकोमा अस्पतालले आभार समेत व्यक्त गरेको छ । २३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वको चिकित्सकीय टोलीले दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?