+
+
Shares

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:५१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
  • मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।
  • दीपकराज गिरीका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र एक सातापछि डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो ।

अहिले दीपाश्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको उनका सहकर्मी दीपकराज गिरीले जानकारी दिए । दीपकका अनुसार दीपालाई आइसीयूबाट निकालिएको छ भने एकसातापछि डिस्चार्ज गर्ने तयारी छ ।

दुई साताअघि दीपाको ब्रेन ट्युमरको पहिचान भएको थियो । ‘अझै एक साता हस्पिटलमा राखेपछि डिस्चार्ज गर्ने तयारी छ’ दीपकले भने, ‘अहिले उहाँको अवस्था सुधारोन्मुख छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?