+
+
Shares

दीपाश्री निरौला, प्रमोद अग्रहरि अभिनित ‘स्त्री’ ११ मंसिरदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवन शाहीको निर्देशनमा निर्माण भएको नेपाली फिल्म 'स्त्री' आगामी ११ मंसिरदेखि प्रदर्शन हुने भएको छ ।
  • समीर राईले निर्माण गरेको यस फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि र नम्रता श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका छ ।
  • निर्माण टोलीले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै यसको प्रदर्शन मिति घोषणा गरेको हो ।

काठमाडौं । फिल्म ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् ।

११ मंसिरदेखि फिल्मको प्रदर्शन थालिने पोस्टरमा उल्लेख छ । समीर राईको निर्माणमा तयार भएको यो फिल्मलाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियसनले तयार पारेको यो फिल्मको पोस्टरमा अधिकांश कलाकारको भिन्न लुक्स देख्न सकिन्छ ।

फिल्ममा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोष्टरमा कलाकारको आ-आफ्नै खालको मुड देख्न सकिन्छ ।

पोष्टरको पृष्ठभूमीमा रातो रङको प्रयोग गरिएको छ । यसले पनि फिल्मको कथावस्तु रहस्य र कौतुहलमा आधारित रहेको बुझ्न सकिन्छ ।

यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । फिल्ममा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको पाश्र्वध्वनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?