News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउन अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
- मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलको सदस्यमा सचिवद्वय पार्वती शर्मा र होमनाथ पौडेल रहेका छन् ।
- सत्ता साझेदार तीन दलबीच मधेश सरकारका साविकका १२ मन्त्रालयलाई घटाएर ९ मा सीमित गर्ने सहमति भएको छ ।
२० जेठ, जनकपुरधाम । मधेश सरकारले मन्त्रालयहरूको संख्या घटाउन कार्यदल बनाएको छ । मधेशका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन भएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलको सदस्यमा मुख्यमन्त्री कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल रहेका छन् ।
सत्ता समीकरण फेरिएपछि सत्ता घटक तीन दलबीच भएको १५ बुँदे सहमतिमा मन्त्रालयको संख्या घटनाउने उल्लेख थियो ।
अहिले मधेशमा मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय छ । ९ मन्त्रालयमा सीमित गर्ने सहमति तीन दलबीच छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4