+
+
Shares

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

नेकपाको असन्तुष्टिका कारण आज साँझ नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्केका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ नेकपाको असन्तुष्टिका कारण मधेश प्रदेशमा एमालेका तीन सांसदले शपथ नै नलिई फर्केपछि सरकार विस्तार रोकिएको छ ।
  • दलहरूबीच झन्डै अढाइ घण्टा चलेको वार्तापछि सरकार विस्तारका लागि १३ बुँदे सहमतिको नयाँ खाका तयार पारिएको छ ।
  • नयाँ सहमतिअनुसार बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने र मन्त्रालयको सङ्ख्या ९ मा सीमित गर्ने सहमति भएको छ ।

११ जेठ, जनकपुरधाम । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिका कारण मधेशमा सरकार विस्तारमा ढिलाइ भएको छ ।

नेकपाको असन्तुष्टिका कारण आज साँझ नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्केका छन् ।

एमालेबाट शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजै मन्त्री नियुक्त र शपथ खुवाउने तयारी थियो । जसका लागि मुख्यमन्त्री यादवले उनीहरूलाई आज साँझ ५ बजे बोलाएका थिए ।

नेकपाको असन्तुष्टिका बारेमा तीन दलबीच झन्डै अढाइ घण्टा वार्ता चलेको थियो । वार्तामा सहमतिका १३ बुँदे खाका तयार भएको छ । भोलि मंगलबार १३ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि मात्रै सरकार विस्तार गर्ने तयारी छ ।

यसअघि नौ बुँदे सहमति भएको थियो तर त्यसमा हस्ताक्षर भने भएको थिएन । त्यसैमा थपेर १३ बुँदे पुर्‍याइएको छ।

सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धा मार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने, कानुनअनुसार म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरूको रद्द गर्ने लगायत विषय उल्लेख छ ।

यो सहमतिमा हस्ताक्षर भएपछि मंगलबार दिउँसो २ बजे एमालेबाट तीनसहित नेकपाबाट समेत अर्थमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?