+
+
Shares

सुकुमवासीको मानवीय अधिकार सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून, न्याय तथा मानव अधिकार समितिले होल्डिङ सेन्टरका सुकुमवासीको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • सभापति समिक्षा बास्कोटाले बालबालिकाको पठनपाठन र संवेदनशील समूहको पोषण तथा उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन् ।
  • समितिले वास्तविक सुकुमवासीको वर्गीकरण गरी स्थायी पुनःस्थापना गर्न र आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

११ जेठ, काठमाडौं । संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले गास, बास, शिक्षा र स्वास्थ्यजस्ता आधारभुत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो ।

समितिकी सभापति समिक्षा बास्कोटाले बालबालिका तथा युवाको पठनपाठन अवरुद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिलालगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन् ।

सभापति बाँस्कोटाले रोजगारीमा आबद्ध व्यक्तिहरूलाई कार्यस्थल नजिक पायक पर्ने स्थानमा स्थानान्तरणको व्यवस्था गर्न पनि निइन् ।

वास्तविक सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण प्रक्रियालाई तीव्रता दिन, स्थायी पुन:वास तथा दीर्घकालीन व्यवस्थापनमार्फत संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको प्रत्याभूति सुनिश्चित गर्न समेत सरकारलाई समितिको आग्रह छ ।

समितिले सुकुमवासी समस्या समाधानका लागि आवश्यक ऐन तथा कानुन निर्माण गर्न र आवश्यक परे विद्यमान कानुन संशोधनको प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?