१२ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएका जंगीलाल रायलाई मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट हटाइएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन तथा विस्तारको क्रममा रायलाई हटाएका हुन् ।
रायको ठाउँमा कांग्रेसबाटै नगेन्द्र साहलाई स्वास्थ्यमन्त्री नियुक्त गरिएको छ । साह रौतहटबाट निर्वाचित सांसद हुन् । उनले आजै नवनियुक्त मन्त्रीहरूसँगै पद तथा गोपनियताको शपथ लिएका छन् ।
चुनावमा चलखेल गरेको भन्दै केही समयअघि मात्रै मन्त्री रायसँग कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4