+
+
Shares

जेठ २६ सम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी जेठ २६ गतेसम्मका लागि स्थगित भएको छ ।
  • प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् ।
  • विपक्षी दलहरूले प्रधानमन्त्री शाहले आफ्नो सो अभिव्यक्तिप्रति माफी नमागेसम्म संसद् चल्न नदिने निर्णय गरेका छन् ।

२० जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।

अर्काे बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।

प्रतिनिधिसभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?