+
+
Shares

‘मालती मंगले’ को विदेश रिलिज अमेरिकाबाट, फिल्म देखाउन उडे ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन अभियानका लागि निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान गर्नुभएको छ ।
  • पहिलो चरणअन्तर्गत अमेरिका, क्यानडा र अस्ट्रेलियामा फिल्म प्रदर्शनसँगै ढकालको सांगीतिक प्रस्तुति समेत रहनेछ ।
  • प्रकु पाण्डेय निर्देशित यस फिल्ममा विजय बराल र वर्षा राउतको मुख्य अभिनय रहेको छ ।

काठमाडौं । फिल्म ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि निर्माता रामकृष्ण ढकाल अमेरिका उडेका छन् । उत्तर अमेरिकामा पहिलो चरणको प्रदर्शन गर्ने उनको तयारी छ ।

पहिलो चरणअन्तर्गत अमेरिका, क्यानडा र अस्ट्रेलिया फिल्म रिलिज गर्ने तयारी छ । त्यसपछि युरोपलगायत अन्य मुलुकमा पनि जाने योजना रहेको ढकालले बताए ।

ती देशमा आयोजना हुने प्रदर्शनको क्रममा गायक समेत रहेका ढकालसँग ‘मिट एन्ड ग्रीट’ सँगै उनले सांगीतिक प्रस्तुति पनि दिनेछन् ।

अमेरिकाको बोस्टनमा जुन ५ र न्यू ह्याम्पसायरमा जुन ६ मा प्रदर्शन र कन्सर्ट हुनेछ । त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुन तेस्रो साता क्यानडाको टोरन्टोमा फिल्म देखाइनेछ ।

जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा ‘रेड कार्पेट प्रिमियर’ आयोजना हुनेछ भने त्यहाँका अन्य सहरमा पनि प्रदर्शनलाई निरन्तरता दिइने जनाइएको छ ।

रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् फिल्ममा विजय बराल, वर्षा राउत लगायतको अभिनय छ ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?