+

टी-२०आई बलिङ वरियता : सन्दीप ३ स्थान खस्किए

२०८३ जेठ  २० गते १५:१० २०८३ जेठ २० गते १५:१०
टी-२०आई बलिङ वरियता : सन्दीप ३ स्थान खस्किए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएर ५८औं स्थानमा पुगेका छन् ।
  • नेपाली टोलीका दीपेन्द्रसिंह ऐरी पनि बलिङतर्फ चार स्थान खस्किएर ७७औं र अलराउन्डरतर्फ एक स्थान तल झरेका छन् ।
  • सिंगापुरमा जारी खेलमा चीनविरुद्ध सन्दीपले २ विकेट लिए भने दीपेन्द्रले कुनै विकेट लिन सकेनन् ।

२० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार सन्दीप ३ स्थान तल झरेका हुन् । उनी ५८औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ५२५ छ ।

यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन् । दीपेन्द्र अलराउन्डर वरियतामा पनि १ स्थान खस्किएका छन् ।

हाल सिंगापुरमा भइरहेको एसियन गेम्स छनोटअन्तर्गत आइतबार चीनसँग भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर २ विकेट लिएका थिए ।

दीपेन्द्रले भने विकेट लिन सकेनन् ।

आईसीसी वरियता सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय