News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
- नयाँ वरियता अनुसार २३९ रेटिङ अङ्कका साथ दीपेन्द्र वेस्ट इन्डिजका रस्टन चेजसँगै संयुक्त रूपमा पाँचौं स्थानमा रहेका हुन् ।
- नेपाली पुरुष क्रिकेट टोलीले हाल सिङ्गापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ ।
२० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ ।
हाल नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।
उक्त खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने पालो नै आएन । बलिङमा पनि विकेट लिएनन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।
भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।
अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।
प्रतिक्रिया 4