+

इराओला लिभरपुलको मुख्य प्रशिक्षक बन्दै

२०८३ जेठ  २० गते ११:५४ २०८३ जेठ २० गते ११:५४
इराओला लिभरपुलको मुख्य प्रशिक्षक बन्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ ।
  • उनले दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् र यसको औपचारिक घोषणा यसै साता हुने अपेक्षा गरिएको छ ।
  • क्लबले गत शनिबार मात्रै पूर्वप्रशिक्षक आर्ने स्लटलाई बर्खास्त गरेको थियो ।

२० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ । यससँगै उनी बर्खास्तीमा परेका आर्ने स्लटको स्थानमा लिभरपुलको नयाँ प्रशिक्षक बन्ने नजिक पुगेका छन् ।

गत सिजनको अन्त्यमा प्रिमियर लिगकै क्लब एएफसी बर्नमाउथ छाडेका ४३ वर्षीय स्पेनी प्रशिक्षक इराओला एनफिल्डको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदार थिए । द एथलेटिकका अनुसार उनले दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

इराओलाले आफ्नो प्रशिक्षक करियरभरि छोटो अवधिका सम्झौतामा काम गरेका छन् । उनले एईके लार्नाका, सीडी मिरानडेस, रायो भालेकानो र बर्नमाउथमा पनि यस्तै सम्झौतामा काम गरेका थिए ।

उनको नियुक्तिको औपचारिक घोषणा यसै साता हुने अपेक्षा गरिएको छ । इराओला आफ्ना सहायक प्रशिक्षकद्वय टमी एलफिक र शन कूपरलाई पनि एनफिल्ड लैजान इच्छुक छन् ।

लिभरपुलले सकेसम्म चाँडो नयाँ प्रशिक्षक नियुक्त गर्न चाहेको छ । क्लब आक्रामक र अग्रपंक्तिबाट दबाब सिर्जना गर्ने आफ्नो खेलशैलीसँग मेल खाने प्रशिक्षक खोजिरहेको थियो ।

लिभरपुलका खेल निर्देशक रिचर्ड ह्युग्सले नियुक्ति प्रक्रियाको नेतृत्व गरिरहेका छन् । उनी यसअघि बर्नमाउथमा रहँदा इराओलासँग काम गरिसकेका थिए ।

लिभरपुलले गत शनिबार मात्रै स्लटलाई बर्खास्त गरेको थियो । उनले एक वर्षअघि टोलीलाई प्रिमियर लिग उपाधि दिलाएका थिए ।

एन्डोनी इराओला लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय