Comments Add Comment

प्रदेशसभा घेराउ गर्ने रूपन्देही कांग्रेसको निर्णय

१६ असोज, बुटवल । प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबाररुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी छ ।

कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमा जान नदिने रणनीति अख्तियार गरेको पार्टी सचिव रामकृष्ण खांणले बताए । ‘बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेका छौं’-वैठकपछि सचिव खांणले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment