Comments Add Comment

सफलता खोज्दै जाहान्वी

नायिका जाहान्वी बस्नेत चलचित्र क्षेत्रमा सफलता खोज्दैछिन् । जाहान्वीले अभिनय गरेको चलचित्र ‘यात्रा’ले बक्स अफिसमा औषत व्यापार गरेपनि उनी छायामा परिन् । चलचित्र हेरेका दर्शकले नायक सलिनमान बनियाँ र नायिका मलिका महत्तको चर्चा बढी गरे ।

जाहान्वी फिल्मी पृष्ठभूमीबाट आएकी हुन् । कलाकार जयकिशन बस्नेतकी छोरी जाहान्वी अभिनित अर्को चलचित्र ‘लक्ष्मी पुजा’ दशैंको अवसर पारेर रिलिज हुँदैछ ।

जाहान्वीले चलचित्र क्षेत्रमा करिअर बनाउन त खोजेकी छिन् । तर, उनले आशा गरे अनुसारको सफलता र चर्चा पाएकी छैनन् । ‘लक्ष्मी पुजा’मा दोहोरो भूमिका निर्वाह गरेकी उनी दशैंमा दर्शकमाझ धुम मच्चाउने सोचमा त छिन् ।

समिर मियाँको निर्देशनमा तयार भएको यो थ्रिलर चलचित्रले जाहान्वीलाई फाइदा गर्ला कि घाटा यसका लागि त प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment