
२१ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ६, दाङ र रुपन्देहीका २/२, ललितपुर, चितवन, नवलपरासी, सुर्खेत, सिराहा र रौतहटका एकएक जनाको मृत्यु भएको हो ।
बुधबार एकैदिनमा ३४३९ जनामा संक्रमण पुष्टि भएको थियो ।
- कुलेश्वर, काठमाडौंकी ६६ वर्षीया महिलाको मंगलबार स्टार अस्पतालमा मृत्यु भएको छ । १६ असोजमा कोरोना संक्रमण पुष्टि भएकी उनी २० गते अस्पताल भर्ना भएकी थिइन् ।
- काठमाडौंकी ७२ वर्षीया महिलाको मंगलबार वीर अस्पतालमा मृत्यु भएको छ । उनी मंगलबार नै अस्पताल भर्ना भएकी थिइन् र त्यही दिन संक्रमण पुष्टि भएको थियो ।
- बालाजु, काठमाडौंका ६९ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा मृत्यु भएको छ । मधुमेह र उत्त रक्तचापका बिरामी उनलाई १७ गते संक्रमण पुष्टि भएको थियो ।
- स्वयम्भू, काठमाडौंका ५३ वर्षीय पुरुषको नोबेल अस्पतालमा बुधबार मृत्यु भएको छ । १२ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनी निमोनिया, मधुमेह र उच्च रक्तचापले ग्रसित थिए ।
- नयाँबजार, काठमाडौंका ६४ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १५ गते अस्पताल भर्ना भएका उनलाई त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहलाई पनि थियो ।
- काठमाडौंका ४५ वर्षीय पुरुषको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । कलेजो र पेटको समस्याबाट पीडित उनी २४ भदौमा अस्पताल भर्ना भएका थिए र २० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- राप्ती गाउँपालिका-८, दाङकी ७१ वर्षीया महिलाको मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । १७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।
- घोराही उपमहानगरपालिका-१५, दाङकी ३५ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरीमा भर्ना गरिएको थियो ।
- बुटवल उपमहानगरपालिका-९, रुपन्देहीका ५५ वर्षीया महिलाको बुधबार कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ । उनी ज्वरो, सुख्खा खोकी र स्वासप्रश्वासमा समस्या भएर १७ गते अस्पताल भर्ना भएका थिए ।
- बुटवल उपमहानगरपालिका-१६, रूपन्देहीका ४७ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । १५ असोजका कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वासप्रश्वासमा समस्या भएपछि बुधबार नै अस्पताल भर्ना भएका थिए ।
- बालकुमारी, ललितपुरका ४६ वर्षीय पुरुषको मंगलबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौलाको समस्याबाट पीडित उनी निमोनिया र शक भएर ९ असोजमा अस्पताल भर्ना भएका थिए ।
- भरतपुर, चितवनका ६१ वर्षीय पुरुषको मंगलबार आनन्दवन अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १९ गते अस्पताल भर्ना भएका उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मधुमेह र उक्त रक्तचापको पनि समस्या थियो ।
- सुनवल नगरपालिका-५, नवलपरासीका ७६ वर्षीया पुरुषको बुधबार कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । मधुमेह, दम र प्रेसरका बिरामी उनी ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि १६ गते अस्पताल भर्ना भएका थिए ।
- वीरेन्द्रनगर नगरपालिका-७, सुर्खेतकी ८२ वर्षीया महिलाको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरीमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि मधुमेहबाट पीडित थिइन् ।
सिराहाका ५० र रौतहटका ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4