Comments Add Comment

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२१ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल–१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार असोज १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ६ दिनसम्म होम आइसोलेसनमै बसेका थिए । बुधबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको डा. गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment