Comments Add Comment

दाङकी कोरोना संक्रमित वृद्धाको उपचाका क्रममा मृत्यु

२१ असोज, बुटवल । दाङकी एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका-८ की ७१ वर्षीय महिलाको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको पुष्टि गरेको छ ।

असोज १७ गते कोरोना पोजेटिभ पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी र स्वास्थ्यमा समस्या आएपछि मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना भएकी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

महिलामा श्वासप्रश्वास समस्या हुनुका साथै उच्च ज्वरो आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment