Comments Add Comment

आलियाको ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु

भारतमा कोरोना महामारी कम भएको छैन । दैनिक ६० हजार भन्दा धेरै संक्रमित देखिएका छन् । तर, पनि बलिउड चलचित्रको छायांकन भने सुरु भएको छ । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु भएको छ ।

चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनासम्म पुरा गर्ने योजना निर्देशक संजयलिला भन्सालीको छ ।

यो चलचित्रको छायांकन मुम्बइको फिल्मसिटीमा भैरहेको छ । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यहरुको समय बचाउनका लागि निर्देशक भन्साली र उनको टिमले रातको समयमा छायांकन गरिरहेको छ ।

नायिका आलिया भट्ट पनि रातको समयमा चलचित्रको छायांकन गर्नका लागि तयार भएकी छिन् । टिमका सदस्यहरु दिनभर आराम गरेर रातभर काम गरिरहेका छन् ।

यो चलचित्रमा नायिका आलिया भट्टको भूमिका फरक छ । यसैले पनि चलचित्रलाई लिएर आलिया उत्साहित छिन् । चलचित्रको छायांकनका क्रममा चलचित्रसँग आवद्ध केही सदस्यहरुलाई कोरोना संक्रमित पनि देखिएको थियो । तर, पनि चलचित्रको टिमले छायांकन रोकेको छैन ।

चलचित्रमा दुई अलग कालखण्डलाई प्रस्तुत गर्ने तयारी भन्सालीको छ । सन् १९४६ को कमाठीपुरा देखाउनका लागि भन्सालीले सेटलाई फरक तरिकाले डिजाइन गर्न लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment