Comments Add Comment

हमालसँग काम गर्ने वर्षाको चाहना

नायिका वर्षा सिवाकोटीले नायक राजेश हमालसँग यसअगाडि काम गरेकी थिइनन् । चलचित्र क्षेत्रमा लागेको केही बर्ष भैसक्दा पनि हमालसँग काम गर्ने अवसर वर्षाको जुटेको थिएन । उनै, वर्षाले हालै मात्र नायक हमालसँग एक लोकगीतको म्यूजिक भिडियोमा काम गरेकी छिन् ।

भिडियोमा दर्शकले राजेश हमाल, वर्षा सिवाकोटी र प्रकाश सपुतलाई देख्न पाउनेछन् । वर्षा र प्रकाशले भने चलचित्र ‘परदेशी २’मा काम गरिरहेका छन् । नायिका सिवाकोटीले नायक राजेश हमालले निर्देशन गर्ने चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरिन् ।

आफू ४ बर्षको हुँदा राजेश हमाललाई देखेको संझदै वर्षाले अब चलचित्रमा पनि काम गर्ने आशा व्यक्त गरिन् ।

नायक राजेश हमालले पनि वर्षाको संभावनाको बिषयमा कुनै जवाफ दिएका छैनन् । नायक हमालले चलचित्र निर्देशन गर्ने चर्चा चलेको लामो समय भैसकेको छ । नायिका सिवाकोटी उनीसँग चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरिरहेकी छिन् ।

हमालको डेब्यू निर्देशनमा वर्षाको संभावना कती रहला, त्यो भोलीको कुरा हो । तर, वर्षालाई हमालसँग काम गर्ने र दर्शकलाई हमालको डेब्यू निर्देशनको चलचित्र हेर्ने प्रतिक्षा भने सधै रहनेछ ।

तस्वीर सौजन्यः गोपिकृष्ण चापागाँई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment