+
+
Shares

साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १६:१३

२२ असोज, काठमाडौं । साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ । सात प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाइएको संयोजक रवीन्द्र मिश्रले बताए ।

गत फागुनमा लुम्बिनीमा भएको साझा पार्टीको राष्ट्रिय भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरि नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने उनले बताए ।

थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

साझा पार्टीको केन्द्रीय समितिमा थपिएकाहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी रहेका छन् ।

त्यस्तै दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशवबहादुर मल्ल, सुशीलराज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ पनि साझा पार्टीको केन्द्रीय समितिमा थपिएका छन् ।

केन्द्रीय समितिमा थपिने अरु सदस्यमा लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दीपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?