Comments Add Comment

बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

२५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ ।

दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति ८ बजे उनको मृत्यु भएको सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी धनकुटाका ६१ वर्षीया महिलाको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । डायबिटिज र उच्च रक्तचापको समस्याबाट पीडित उनी धनकुटा अस्पतालबाट रिफर भएर आएकी थिइन् । उनी असोज १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारको क्रममा असोज २० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती महिलाको आज बिहान ६ः४० बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस कोरोनाबाट रुपन्देहीका थप ४ जनाको मृत्यु यो पनि पढ्नुहोस चितवन र धुलिखेलमा २ संक्रमितको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment