+
+
Shares

साझाले भन्यो – सरकारले पैसा भए बाँच, नभए मर भन्नु क्रूरता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १५:२१

३ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमितले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको निर्णयको साझा पार्टीले भत्र्सना गरेको छ ।

पार्टीका प्रवक्त शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नै नागरिकलाई ‘पैसा भए बाँच, नभए मर’ भन्नु क्रूरता भएको बताएका हुन् । ‘महाव्याधिका बेला जनतालाई, अप्रत्यक्षरूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो,’ विज्ञप्‍तिमा भनिएको छ ।

सरकारी निर्णय संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेशको समेत विरुद्ध भएकोले यो निर्णय तत्काल सच्याउन साझाले आग्रह समेत गरेको छ ।

साझाले महामारीकै बीचमा सांसदलाई ‍अरबौँ रकम बाँड्ने सरकारले ‘हामी आम नागरिकको उपचार गर्न सक्दैनौं’ भन्नु राष्ट्रिय लज्जाको विषय भएको बताएको छ ।

सरकारले आइतबारदेखि नै लागू हुने गरी कोरोना परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने निर्णय गरेको छ । उक्त निर्णय अस्पतालहरुले लागूसमेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?