+
+
Shares

कविता : देवकोटाको घर

विमल निभा विमल निभा
२०७७ कात्तिक ८ गते १५:२५

सरकारले खरिद गरेको छ
देवकोटाको घर

महाकवि लक्ष्मीप्रसाद
देवकोटाको पुरानो घर
बिक्री भएतापनि
त्यसमा सामेल छैन
उनको विपुल काव्य

विमल निभा

उनी भारतीय कविहरू
प्रसाद, निराला र पन्तसमान
एकमुष्ट प्रतिभावान कवि
रहेको घोषणा गरेका थिए
कुनै बखत भारतका प्रसिद्ध
महापण्डित राहुल सांसकृत्यायनले
यस्ता महा–साहित्यकार थिए
हाम्रा महाकवि देवकोटा

महाकवि देवकोटाको घरलाई
एउटा म्युजियमसरह बनाएर
सरकारको बलियो पहलमा
साहित्यप्रेमीहरू जम्मा हुने
साहित्यिक पर्यटकस्थल
बनाउन अग्रसर छ पर्यटन मन्त्रालय

देशभरिका कविहरूलाई
सरकारद्वारा खरिद गरिएको
महाकवि देवकोटाको घरमा
भ्रमणका लागि आउन
आह्वान गरिनेछ चाँडै नै
यस्तो योजना रहेको छ
नेपाल प्रज्ञा प्रतिष्ठानको
वर्तमान कुलपतिको
(यस्तै गाइँगुइँ सुनिन्छ !)

म देवकोटाभक्त भएकाले
राजधानी काठमाडौंको
मैतिदेवीस्थित सो
साहित्यिक घरमा जान
अति उत्सुक रहेको छु
र मेरो सबभन्दा उत्कट
अभिलाषा के हो भने,
म त्यो कोठा हेर्न चाहन्छु

जहाँ महाकवि देवकोटालाई
भेट गरी कमला सांस्कृत्यायन
बाहिरिएपछि अछुत ठानिएर
शुद्धाशुद्धि नै गर्नुपरेको
थियो अशुद्ध कोठा

कुन्नि, कस्तो होला ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाको
घरको शुद्धाशुद्धी गरिएको
पवित्र काव्यकोठा !

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?