Comments Add Comment

माइतीघरमा नरवणे भ्रमणको विरोध

१९ कात्तिक, काठमाडौं । माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् ।

नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment