+
+
Shares

सानु शिवाको ठाउँमा जानकीदेवी राम सांसद बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १२:४४

२१ कात्तिक, काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको स्थानमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिराहाकी जानकीदेवी रामलाई सांसद बनाउने भएको छ ।

इलामकी सानु शिवाको गत असोज २८ गते निधन भएको थियो । शिवाको निधन भएपछि समानुपातिक निर्वाचन पद्धतितर्फतको रिक्त रहेको स्थानमा जानकीदेवी राम सांसद बन्ने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

शिवा महिला दलित क्लस्टरबाट सांसद भएकी थिइन् । निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा शिवाको पछि धनकुमारी सुनारको नाम छ । तर, धनकुमारी सुनाले नेकपा परित्याग गरिसकेकी छन् । धनकुमारीले पार्टी परित्याग गरेका कारण जानकीदेवी सांसद बन्ने भएकी हुन् ।

तर संसद सचिवालयले पद रिक्त रहेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले उक्त ठाउँमा अर्को व्यक्ति चयन गर्ने प्रक्रिया अगाडि बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?