Comments Add Comment

लमजुङका कोरोना संक्रमित पुरूषको चितवनमा मृत्यु

२३ कात्तिक, काठमाडौं । लमजुङका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान ४ः७ बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी मेडिकल कलेजमा भर्ना भएका थिए । कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनीलाई कात्तिक २३ मा मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment