+
+
Shares

प्रधानमन्त्री ओलीले माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १४:४७

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो चरण पार्टीमा देखिएको विवादकै विषयमा उनीहरुसँग छलफल गर्न खोजेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?