Comments Add Comment

महासंघको बन्दमा व्यवसायीले चलाए सार्वजनिक बस

२३ कात्तिक, विराटनगर । प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै उल्लङघन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको उल्लङघन गर्दै व्यवसायीले यातायात सञ्चालन गरेका हुन् ।

प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् ।

आइतबार निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायता बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघ मोरङका अध्यक्ष राजन कँडेलले जानकारी दिए ।

बन्दका बारेमा महासंघलाई जानकारी नभएको उनले बताए । ‘महिनौंको बन्दपछि बल्ल सवारी चल्दैछन्,’ उनले भने, ‘बन्दका नाममा जनतालाई दुःख दिन मिल्दैन् ।’

प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश १ ले आइतबारबाट अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको महासंघ प्रदेश १ महासचिव रमेश खत्रीले जानकारी दिए ।

तर महासंघले गरेको बन्द सिन्डिकेटको पक्षमा रहेकाहरुले उल्लङघन गरेको उनको भनाइ छ । बन्दमा छिटफुटरुपमा मात्रै सवारी चलेको उनले बताए ।

लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने मागसहित बन्द आहृवान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment