+
+
Shares

राजधानीका चोक-चोकमा डमीले गाउनेछ ट्राफिक गीत

आर्यन धिमाल आर्यन धिमाल
२०७७ कात्तिक २२ गते २०:२३

२२ कात्तिक, काठमाडौं । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।

महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला र जितु नेपालले प्रस्तुति दिएका थिए । गत १६ भदौखि महाशाखाले काठमााडौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ ।

डमी ट्राफिक सफल भएपछि सांगीतिक अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?