Comments Add Comment

बसुन्धरामा पूर्व एमालेको भेला, ईश्वर पोखरेलको सम्बोधन

नेपाल पक्षका नेताहरु अनुपस्थित

ईश्वर पोखरेल । फाइल तस्वीर

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

‘पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको हो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्‍याउनु होइन’, जिल्ला अध्यक्ष राईले भने । उनका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।

‘पार्टी विवाद चर्किरहँदा त्यसका लागि हामीले पनि पहलकदमी लिनुपर्छ भनेर भेला राखिएको हो’, उनले भने । शनिबार दिउँसो भएको भेलामा पूर्व माओवादी पक्षलाई भने बोलाइएको थिएन । ‘अहिलेसम्म पूर्व भन्ने नै छ, त्यसैले एमालेलाई मात्रै बोलाइएको हो’, राईले भने ।

पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment