Comments Add Comment

१० हजार ४२३ नमुना परीक्षण गर्दा २७५३ मा संक्रमण पुष्टि

२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३५ हजार ४३५ सक्रिय स.क्रमित छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिएका छन्, जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।

मोरङका २४५ जना, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३/३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment