Comments Add Comment

फिफा रेफ्रीमा हेरफेर : सुदिश र श्रवण ‘आउट’, प्रकाशनाथ र प्रज्वल ‘इन’

२४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२१ का लागि फिफा रेफ्रीको नामावली हेरफेरसहित सार्वजनिक गरेको छ ।

एन्फाले आइतबार सार्वजनिक गरेको सूची अनुसार रेफ्रीमा ३ जना नयाँ भित्रिएका छन् भने सहायक रेफ्रीमा दुई जना नयाँ छन् ।

एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नामावली स्वीकृत गरेको हो । महिलातर्फ फिफा रेफ्रीमा अस्मिता मान्धरको स्थानमा अन्जना राईले स्थान बनाएकी छिन् ।

यसअघि फिफा रेफ्री रहेका सुदिश पाण्डे र श्रवण लामा यस पटक रेफ्री सूचीमा छैनन् । यी दुईको स्थानमा प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री फिफा रेफ्रीमा नियुक्त भएका छन् ।

यस्तै असिस्टेन्ट फिफा रेफ्रीमा रोजेन श्रेष्ठ र पदम भुजेलको स्थानमा विक्रम चौधरी र किशन यादव फिफाको नामावलीमा समावेश भएका छन् ।

सन् २०२१ को फिफा रेफ्री

रेफ्री : नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ, अन्जना राई (महिला) ।

असिस्टेन्ट रेफ्री : नानीराम थापामगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव, विना श्रेष्ठ (महिला) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment