+
+
Shares

अमेरिकामा सविनसँग छल्किएको वर्षाको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १२:४१

नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् ।

उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षाले आफू विशेष कामले अमेरिका आएको र सो समयमा सविनसँग भेटघाट गरेको बताएकी छिन् । सविन र वर्षाको चिनजान भएको डेढ बर्ष भयो । यस भन्दा अगाडि अमेरिका पुग्दा वर्षा र सविनको प्रेमको खबर बाहिरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?