
२४ कात्तिक, काठमाडौं । अमेरिाकामा राष्ट्रपति निर्वाचनको नतिजना आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीभित्रै मतभेद सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले डेमोक्रेटिक पार्टीका जो बाइडनले निर्वाचनमा जित हासिल गरेको भन्दै उनलाई बधाई दिएका छन् । उनले अमेरिकाको निर्वाचन निष्पक्ष भएको बताएका छन् ।
यद्यपि रिपब्लिकन पार्टीका अन्य केही नेताहरुले भने अझैसम्म पनि ट्रम्पको हार स्वीकार गरेका छैनन् । हाउस अफ रिप्रिजेन्टेटिभ्समा प्रतिनिधित्व गर्ने पार्टीका नेता केभिन मेक्कार्थीले पहिलो कानुनी चुनौतीको विषयमा विचार गर्नु जरुरी रहेको बताएका छन् । साथै राष्ट्रपति ट्रम्प पनि निरन्तर सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मतदानमा धाँधली भएको दाबी गरिरहेका छन् ।
उनले गरेको एक ट्वीटमा लेखिएको छ – हामीलाई यिनीहरु चोर हुन् भन्ने लाग्छ । ठूलो सहरका मेसिनमा कपटपूर्ण थिए । यो चोरिएको निर्वाचन थियो । यद्यपि रिपब्लिकन पार्टीका धेरै नेताहरुले राष्ट्रपतिलाई निर्वाचनको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।
सन् २००० मा भएको निर्वाचनमा जर्ज डब्ल्यू बुसको तर्फबाट फ्लोरिडामा पुनः मतगणना गराउन कानुनी रणनीति बनाउने वकिल बेन गिन्सबर्गले ट्रम्पले केही समय कुरेर नतिजालाई हेर्नुपर्ने बताएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4