+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते ९:४०

२९ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उल्लेख गरेका छन् ।

प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन पार्टी स्थायी समिति सदस्य एवं मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?