News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ।
- दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित गर्न नियमावलीमा व्यवस्था गर्नुपर्ने बताउनुभयो।
- उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति जवाफदेही बनाउने विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने औँल्याउनुभयो।
४ जेठ, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।
‘संसदीय व्यवस्थामाथि धेरै टिकाटिप्पणीहरू छन । यसलाई गफ गर्ने अखडाको रुपमा पनि आलोचना गरिन्छ । त्यसकारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो । र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो । र, गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरूलाई निरंकुश नहोस् राजाहरू भनेर त्यतिबेला म्याग्नाकार्टा गरियो,’ उनले भने ।
उनले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने त्यो आलोचनाबाट मुक्त हुनेगरी संचालन गर्न आवश्यक रहेको बताए ।
‘आज पनि संसदमा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन र जनतामा समस्यामा काम हुने गरी संसदलाई स्थापितगराउन सरकारलाई यो संसदप्रति जवाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसदप्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ,’ सांसद दुलालले भने ।
प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याए ।
प्रतिक्रिया 4