News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा कोशी प्रदेशसभा संसदीय दलले उपनेताको जिम्मेवारी सांसद बाबुराम गौतमलाई दिएको छ।
- संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रमुख सचेतकमा विद्या चाम्लिङ र सचेतकमा सपना दर्जीलाई जिम्मेवारी दिएका छन्।
- आङ्बोले प्रदेश सभामा पार्टीको भूमिकालाई प्रभावकारी र सशक्त बनाउन जिम्मेवारी तोकिएको जानकारी दिएका छन्।
७ जेठ, विराटनगर । नेकपा कोशी प्रदेशसभा संसदीय दलले संसदीय दलको उपनेताको जिम्मेवारी सांसद बाबुराम गौतमलाई दिएको छ । गौतम यसअघि कोशी प्रदेश सभाको सभामुखको जिम्मेवारीमा थिए ।
बिहीबार संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले दलको प्रमुख सचेतकको जिम्मेवारी विद्या चाम्लिङ र सचेतकको जिम्मेवारी सपना दर्जीलाई दिएका हुन् । चाम्लिङ तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् । गौतम र दर्जी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
संसदीय दलको नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा पार्टीको भूमिकालाई प्रभावकारी, सशक्त बनाउनका लागि जिम्मेवारी तोकिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4