News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका २८ क्षेत्रमध्ये १७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
- रास्वपाले समानुपातिकतर्फ ८ लाख ५३ हजार १८६ मत पाएको छ भने प्रत्यक्षतर्फ ७ लाख ९६ हजार २७ मत पाएको छ।
- कांग्रेस र एमालेले समानुपातिकभन्दा प्रत्यक्षतर्फ बढी मत पाएको तथ्यांक निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी पपुलर रहेको पाइएको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार कोशी प्रदेशका २८ क्षेत्रमध्ये १७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाका उम्मेदवारहरू बाँकी दुई क्षेत्रमा दोस्रो, एउटा क्षेत्रमा तेस्रो, पाँच क्षेत्रमा चौथो र तीन वटा क्षेत्रमा पाचौं भएका छन् ।
यो प्रदेशमा रास्वपाले समानुपातिकतर्फ ८ लाख ५३ हजार १८६ मत पाएको छ । जबकी प्रत्यक्षतर्फका सबै उम्मेदवारले पाएको मत जोड्दा समानुपातिकतर्फ पाएको भन्दा कम मत पुग्दछ । कोशी प्रदेशमा रास्वपाका उम्मेदवारहरूले पाएको कूल मत ७ लाख ९६ हजार २७ रहेको छ ।
अन्य पार्टीहरूको भने समानुपातिक भन्दा उम्मेदवारले पाएको मत बढी रहेको पाइएको छ । कोशी प्रदेशमा कांग्रेसले समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ पाएको छ । तर, कोशी प्रदेशभर कांग्रेसका प्रत्यक्ष तर्फका सबै २८ जना उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत जोड्दा ३ लाख ६० हजार ८०९ पुग्छ ।
एमालेको अवस्था पनि कांग्रेसको जस्तै छ । कोशी प्रदेशबाट एमालेले समानुपातिकतर्फ २ लाख ८८ हजार १८६ मत पाएको छ । यो प्रदेशका सबै क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ल्याएको मत जोड्दा ३ लाख २१ हजार ७१७ पुग्छ ।
प्रतिक्रिया 4