Comments Add Comment

म रियल मड्रिडमै करियर अन्त्य गर्न चाहन्छु : मोडरिक

१० मंसिर, काठमाडौं । क्रोएसियन मिडफिल्डर लुका मोडरिकले स्पेनिस क्लब रियल मड्रिडबाटै फुटबल करियर अन्त्य गर्न चाहेको बताएका छन् ।

मोडरिकको सम्झौता मड्रिडसंग २०२१ मा सकिँदैछ । रियल मड्रिडले अझै उनको सम्झौता नवीकरण गरेको छैन । ३५ वर्षीय मोडरिकले भने रियल मड्रिडमै आफ्नो बुट थन्क्याउन  चाहेको बताएका हुन् ।

मोडरिकले प्राविधिक निर्णयले गर्दा पछिल्लो केही खेलहरुमा पहिलो रोजाईंमा खेल्न नपाएको स्वीकारे । तर उनले आफू टिममा परेका बेला टिमको जितको लागि सहयोग गर्ने बताए ।

‘मैले रियलमा बस्न चाहेको कुरा धेरै पटक भनिसकेको छु, तर हेर्दै जाउँ के हुन्छ,’ च्याम्पियन्स लिग खेलअघि मंगलबार प्रि म्याच कन्फ्रेन्समा मोडरिकले भने, ‘मैले सधैँ उस्तै जवाफ दिइरहेको छु । मलाई राम्रो लागेको छ र म रियल मड्रिडमै निरन्तरता दिन चाहन्छु ।’

मोडरिकले टिमलाई सहयोग गर्न तयार रहेको समेत बताए । ‘मलाई लाग्छ कि म टिमलाई सहयोग गर्न सक्छु । यदि तपाई मलाई के चाहन्छस् भनेर सोध्नुहुन्छ भने निश्चय नै म बस्न चाहन्छु’ मोडरिकले भने, ‘ म यही करियर अन्त्य गर्न चाहन्छु, तर यो धेरै विषयमा निर्भर रहन्छ । तर यदि मैले यहीँ करियर सकाएँ भने म भन्दा खुशी कोही हुने छैन ।’

मोडरिकले च्याम्पियन्स लिगमा रियलको सुस्त सुरुवातलाई समेत ब्रेकडाउन गर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment