Comments Add Comment

कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । काठमाडौंका ५, भक्तपुर र चितवनका २÷२, काभ्रे, ललितपुर, मोरङ र तेह्रथुमका १÷१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • काठमाडौंका ७१ वर्षका पुरुषको कात्तिक ३० गते मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका र सोही दिन अस्पताल भर्ना भएका उनमा दम र मधुमेहको समस्या थियो ।
  • काठमाडौंका ६५ वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । कात्तिक ३० गते संक्रमण पुष्टि भएका र सोही दिन अस्पताल भर्ना भएका उनमा मधुमेह, मिर्गौला, उच्च रक्तचापको समस्या थियो ।
  • काठमाडौकी ८१ वर्षकी महिलाको मंसिर ४ गते मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १ गते अस्पताल भर्ना भएकी उनमा २ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी २७ वर्षकी महिलाको मंसिर ८ गते मृत्यु भएको छ । कात्तिक २८ गते संक्रमण पुष्टि भएकी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर २ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • काठमाडौंका ९० वर्षका पुरुषको मंगलबार मृत्यु भएको छ । मंसिर ६ गते संक्रमण देखिएका उनी स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका । उनमा रगतको कमी हुने समस्या थियो ।
  • ललितपुरकी ८२ वर्षकी महिलाको मंसिर ८ गते मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर ८ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • भक्तपुरकी ६६ वर्षकी महिलाको मंसिर ६ गते मृत्यु भएको छ । कात्तिक २९ गते संक्रमण पुष्टि भएकी उनलाई ३० गते अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • भक्तपुरकी ९० वर्षकी महिलाको मंसिर ८ गते मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएर कात्तिक २७ गते अस्पताल भर्ना भएकी उनमा कात्तिक २९ गते संक्रमण पुष्टि भएको थियो । उनमा दम र उच्च रक्तचापको समस्या थियो ।
  • काभ्रेका ८७ वर्षका पुरुषको मंसिर ३ गते मृत्यु भएको छ । कात्तिक २४ गते संक्रमण पुष्टि भएका र सोही दिन अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या थियो ।
  • भरतपुर महानगरपालिका–२१, चितवनकी ७३ वर्षकी महिलाको मंगलबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको छ । कात्तिक २३ गते ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएछि अस्पताल भर्ना भएकी उनमा २५ गते संक्रमण पुष्टि भएको थियो ।
  • रत्ननगर नगरपालिका– १०, चितवनका ५२ वर्षका पुरुषको मंगलबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा ७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पथरी शनिश्चरे नगरपालिका–१, मोरङका ६६ वर्षका पुरुषको विराटन मेडिकल कलेज शिक्षण अस्पतालमा मंगलबार विहान साढे ४ बजे मृत्यु भएको छ । २१ कात्तिकमा संक्रमण पुष्टि भएका उनलाई सुरुमा उपचारका लागि धरान लगिएको थियो । त्यसपछि केही सुधार भएपछि घर फर्किएका उनमा फेरि स्वास्थ्य समस्या देखिएपछि विराटमा लगिएको थियो ।
  • तेह्रथुमको म्याङलुङ घर भई मोरङमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सोमबार राति ११ः २० बजे मृत्यु भएको छ । ३३ वर्षका उनी स्वासप्रश्वासमा समस्या देखिएपछि २६ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उनमा २७ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment