+
+
Shares

कविता : अमिबा-पहिचान

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८३ कात्तिक २ गते १४:०२
Photo Credit : एआई सिर्जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तुत कवितामा बाले विचारलाई बलियो बनाउन र पहिचान जोगाउन अहङ्कार होइन, अहम्लाई साथमा राख्नू भनेका छन्।
  • कविताले अहिले विचार हराउँदै आकार मात्र फैलिँदै गएको र अमिबाजस्तै विशृङ्खलित पहिचान बन्न थालेको आशंका व्यक्त गरेको छ।
  • कविले कसैले आफ्नो आकार र विचार सोध्दा अमिबाका टेन्टाकलहरू मात्र पहिचानजस्तो देखिने व्यङ्ग्यात्मक निष्कर्ष दिएका छन्।

बा भन्नुहुन्थ्यो-

विचारलाई बलियो बनाउनू,

विचारले जन्माउँछ आकार,

त्यही आकार हो चिनारी ।

सम्झौता नगर्नू विचारमा,

अहङ्कारले होइन,

अहम्‌ले बाँच्नू सधैँभरि,

र पहिचान जोगाउनू ।

खै, अचेल

न्युक्लियस हराएको कोषजस्तै

विचार बिलाउँदै गएको हो कि,

विचारको लगाम चुँडिएर

आकार मात्र फैलिँदै गएको हो ?

अमिबाझैँ विस्तारित छ आकार,

विशृङ्खलित भएर ।

अमिबा जताजता पुग्छ,

जताजता टेक्छ,

उतैउतै फैलिन्छ,

उस्तैउस्तै आकार बनाउँछ ।

भन्नुस् न-

कसैले सोधे भने,

मेरो आकार कस्तो छ ?

मेरो विचार कस्तो छ ?

सायद, अब मेरो पहिचान भन्नु नै

अमिबाका टेन्टाकलहरू मात्र होला !

जता लम्किए पनि भयो,

जसरी तन्किए पनि भयो,

आखिर अमिबाको आकारको के कुरा भयो र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?