+
+
Shares

दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १३:३९

१० मंसिर, काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अस्पतालका निर्देशक प्रा।डा। दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।

डा. लम्सालका अनुसार कत्तिक २९ गते सडक दुर्घटनामा परी भर्ना भएका उनीमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कलेजको आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा. लम्सासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?