Comments Add Comment

ग्रेग बार्कले बने आईसीसीको नयाँ अध्यक्ष

१० मंसिर, काठमाडौं । न्यूजिल्याण्डका ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को अध्यक्ष बनेका छन् । बार्कलेले अब यसै वर्षको शुरुमा पद छाडेका शशांक मनोहरको स्थान लिनेछन् ।

अकल्याण्डमा कानुन व्यवसाय गर्दै आएका बार्कलेले अन्तरिम प्रमुख रहेका इमरान ख्वाजालाई पछि पार्दै अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेटको निर्देशकको रुपमा छन् र हाल आईसीसीमा न्यूजिल्याण्डको प्रतिनिधिको रुपमा छन् । आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले न्यूजिल्याण्ड क्रिकेटको निर्देशक पदबाट छाड्नेछन् ।

सन् २०१५ अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको आईसीसी मेन्स क्रिकेट वर्ल्डको समेत निर्देशक रहेका बार्कले नर्दन डिस्ट्रिक क्रिकेट एसोसिएसनको पूर्व बोर्ड मेम्बर र प्रमुख थिए ।

आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले आफ्नो लागि यो सम्मान भएको बताए र आईसीसीका अन्य निर्देशकहरुलाई धन्यवाद दिए । यस्तै उनले विश्वव्यापी रुपमा रहेको कोरोना महामारीबाट माथि उठ्दै सबै मिलेर क्रिकेट खेलको लागि नेतृत्व गर्ने आशा व्यक्त गरे ।

यस्तै उनले कठिन समयमा आईसीसीको अन्तरिम प्रमुखको भूमिकामा रहेर काम गरेका ख्वाजालाई पनि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment