+

जब विशाल योगफल बनाएको यूएईका सबै ब्याटर ‘रिटायर्ड आउट’ भए…

२०८२ वैशाख  २७ गते १८:३८ २०८२ वैशाख २७ गते १८:३८
जब विशाल योगफल बनाएको यूएईका सबै ब्याटर ‘रिटायर्ड आउट’ भए…

२७ वैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा शनिबार एक अनौठो दृश्य देखिायो ।

यूएईले कतारविरुद्धको खेलमा १६ ओभरमा १९२ रनको विशाल योगफल खडा गरेपछि सबै १० ब्याटरलाई ‘रिटायर्ड आउट’ गराएको थियो। यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक हो कि कुनै टिमले दुईभन्दा बढी ब्याटरलाई स्वेच्छिक रूपमा रिटायर्ड आउट गराएको हो।

यूएईका ओपनर एवं कप्तान ईशा ओझा ११३ रन र तीर्था सतीश ७४ रन बनाएर शानदार प्रदर्शन गरिरहेका थिए। तर १६औं ओभर सकिएपछि दुवै खेलाडीले मैदान छाडे र बाँकी आठ ब्याटरले पनि ब्याटिङ नै नगरेको अवस्थामा रिटायर्ड आउट भए।

सीमित ओभरको क्रिकेटमा आधिकारिक रूपमा ‘डिक्लेयर’ गर्न नमिल्ने भएकाले यस्तो निर्णय लिइएको हो। यो निर्णय निश्चय पनि समय बचाउनका लागि लिइएको थियो ।

ओझाले ५१ बलमा चौथो टी-२० अन्तर्राष्ट्रिय शतक पुरा गरिन्, जसमा १४ चौका र ५ छक्का समावेश थिए। सतीशले पनि ३१ बलमै अर्धशतक पूरा गरेकी थिइन्।

यसरी १६ ओभरमै सबै ब्याटर रिटायर्ड आउट भएपछि यूएईको स्कोर १९२/० मा रोकियो जुन महिला टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर सहितको ‘अलआउट’ इनिङ्स बन्यो।

जवाफमा कतरको अवस्था निकै कमजोर रह्यो। उनीहरू ११.१ ओभरमै जम्मा २९ रनमा समेटिए, जसमा ७ खेलाडी शून्यमा आउट भए। रिज्फा इम्यानुएलले २० रन बनाउँदै टिमको लाज केही बचाउने प्रयास गरिन् तर आठौं ओभरमा उनी रनआउट भएपछि बाँकी टिम चाँडै अलआउट भयो ।

यूएईले १६३ रनको जित हात पार्‍यो जुन महिला टी-२०आई मा फराकिलो जितहरूमध्ये पर्छ।

खेलमा यूएईका ८ जनालाई पनि गन्दा कुल १५ जना खेलाडी ‘डक’ (शून्य रन) मा आउट भएका थिए, जुन महिला टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च हो।

यूएई महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय