Comments Add Comment

बार्सिलोनाको लागि पहिलो गोल गर्दा खुशी छु : सर्जिनो डेस्ट

१० मंसिर, काठमाडौं । सर्जिनो डेस्टले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत महत्वपूर्ण खेलमा बार्सिलोनाको लागि गोल गरे । उनले समूह चरणको चौथो खेलमा डिनामो किभविरुद्ध गोल गरेका हुन् । उक्त खेल जित्दै बार्सिलोना दुई खेलअघि नै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकन राष्ट्रिय टिमका राइट ब्याकले किभविरुद्ध रोनाल्ड कोएमनको टिमको लागि पहिलो गोल गरेका थिए । त्यसपछि बार्सिलोनाले थप ३ गोल गर्दै ४-० को जित हात पारेको थियो ।

क्याटलान क्लबको लागि पहिलो गोल गर्दा खुशी लागेको डेस्टले बताए ।

‘मेरो पहिलो गोल गर्न पाउदा म एकदमै खुशी छु’, खेलपछि डेस्टले भने, ‘मेरो विचारमा हामीलाई गोल चाहिएको थियो । पहिलो गोल गर्दै एक गोलको अग्रता दिलाउनु महत्वपूर्ण थियो र आशा छ अझ अरु गोल हुनेछ ।’

उनले अगाडि भनेका छन्, ‘हामीले समूहमा अझै दुई खेल खेल्नुछ, तर हामी अहिले राम्रो स्थानमा छौँ र म खुशी छु कि हामीले जित्यौँ । म अर्को खेल खेल्नको लागि प्रतिक्षारत छु ।’

कोनराडको डेब्यु

डेस्टको अमेरिकन टिमको सहकर्मी कोनराड डे ला फुउन्टेले पनि बार्सिलोनाका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यु गरेका छन् । कोनराडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम ५ मिनेट खेले ।

‘बार्सिलोनाको लागि र च्याम्पियन्स लिगमा पनि डेब्यु गर्ने अनौठो विषय हो’, खेलपछि कोनराडले भने, ‘मलाई यहाँसम्म पुर्‍याउन मद्दत गर्नुहुने सबैप्रति आभारी छु । म कडा मेहनतलाई जारी राख्नेछ र अझै अवसर पाउनेमा आशावादी छु । म एकदमै खुशी छ । मैले यो मोमेन्टका लागि युवा अवस्थादेखि धेरै मेहनत गरेको छु र मैले अवसर पाएकोमा खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment