
२३ मंसिर, काठमाडौं । जगदम्बा मोटर्सले मलेसियाको अटो मोबाइल कम्पनी प्रोटोनका लागि नेपालमा भित्र्याउने भएको छ । जगदम्बामार्फत प्रोटोनले नेपालमा आफ्नो चर्चित तथा संसारभर अत्यधिक बिक्री भएको मोडल प्रोटोन सागा नेपालमा भित्र्याउन लागेको हो । यो गाडी शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले ल्याउन लागेको हो ।
प्रोटोन कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो । ३५ बर्षदेखि गाडी उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ वटा मोडलमा गाडी उत्पादन गरिसकेको छ । कम्पनीको विश्वभर ४४ लाख ग्राहक रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4