+
+
Shares

प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले रसुवाको भोटेकोशी बाढीपछि नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग उपलब्ध गराएको छ।
  • ड्रोन नेपाल सरकारलाई हस्तान्तरण गरिएको र ती मानवीय तथा विपद् व्यवस्थापनमा प्रयोग हुने कम्पनीले जनाएको छ।
  • स्मार्ट टोलीले नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी तालिम दिने र जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ योगदान गरेको छ।

२४ भदौ, काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट (७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।

हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ ।

मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडीएमए) ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो । कम्पनीका अनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी) को मुख्यालयमा नाडमा (एनएडीएमए)लाई हस्तान्तरण गरिएका थिए ।

मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट(एसएमएआरटी) को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएको र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।

ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, र नाडमा (एनएडीएमए) का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए । साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट(एसएमएआरटी) को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए ।

नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत प्रोटोन नेपालमा आएको हो भने हाल नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता बढ्दै गएको छ ।

प्रोटोनले यस्ता विपद् तथा कठिन परिस्थितिमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्दै विपदको घडीमा नेपालप्रति आफ्नो प्रतिबद्धता जनाएको छ, साथै अन्य जिन्सी सहयोगहरू पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?