News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न प्रोटोन सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
- कम्पनीले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित देशभर आफ्ना सोरुम र सर्भिस नेटवर्क विस्तार गर्ने अभियान सुरु गरेको छ।
- जगदम्बा मोटर्सले आगामी सातादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा थप नयाँ सोरुम सञ्चालन गर्ने तयारी गरेको छ।
६ साउन, काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट ईभी एसयूभी प्रोटोन ईमास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ ।
यसै क्रममा जगदम्बा मोटर्सले मंलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।
नेपालमा ग्राहक–केन्द्रित भई विद्युतीय सवारीमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित सोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनी प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा तथा शाखा विस्तार अभियान अघि बढाइएको हो ।

भक्तपुर शाखा सञ्चालनसँगै आगामी सातादेखि नै मोफसलका थप तीन सहर वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ सोरुम सञ्चालन गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो ।
अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् ।
जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ ।
हाल प्रोटोन ईमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
प्रतिक्रिया 4