News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले प्रोटोनको बहुप्रतिक्षित इलेक्ट्रिक गाडी ईमास ५ को बुकिङ खुला गरेको छ।
- कम्पनीले गाडीको बजार मूल्य अनुमान गर्ने ग्राहकका लागि विशेष योजना ल्याई विजेतालाई सोही मूल्यमा गाडी खरिद गर्ने अवसर दिने जनाएको छ।
- यो गाडीले हालै ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इयर २०२६’ को उपाधि प्राप्त गरेको छ।
३१ असार, काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी ईमास ५ को बुकिङ खुला गरेको छ।
आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ‘गेस एन्ड बुक द अल न्यु ईमास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरू गरेको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले नयाँ प्रोटोन ईमास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् ।
कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइट (https://emas5predict.proton-nepal.com) मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् ।
मूल्य अनुमानका लागि ईमास ५ प्राइम भेरियन्टको दायरा २९.९९ लाख देखि ३४.९९ लाख रुपैयाँसम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा ३४.९९ लाख देखि ३९.९९ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेता चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन ईमास ५ खरिद गर्न पाउनेछन् ।
यसैबीच जगदम्बा मोटर्सले १ लाख बुकिङ रकम तोकेर प्रोटोन ईमास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ ।
वा तोकिएको साइटमा गएर भौचर आप्लोड गरी बुक गर्न सक्ने छन्। सो साइटमा गएर बुकिङ गरेका ग्राहकलाई आधार मानेर लक्की ग्राहक छानिने छन्।
प्रोटोन र जिलीको सहकार्यमा विकास तथा उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द इयर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इयर २०२६’ को उपाधि हासिल गरेको थियो ।
कम्पनीका अनुसार ईमास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर–ह्विल–ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ । यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4